आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढी पेन्सनको लोभले राजीनामा नदिई सुवेदी एडीबीको जागिरमा

  • प्रकाशित मिति : बिहिबार, असार २९, २०७४



  • मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनको नेतृत्व गरिरहेको सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन्। यो खबर बलराम बानियाँले आजको कान्तिपुरमा लेखेका छन्।

    उनी साउन १ देखि पद सम्हाल्न फिलिपिन्सको मनिला जाँदैछन्। सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनेको स्रोतले जनायो। देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको साटो उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ। जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले सुवेदीको पद जेठ २८ देखि लागू हुनेगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको समूहमा राख्ने निर्णय गरिदिएको हो।

    उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन्। २०७२ साउन २० मा मुख्य सचिवमा बढुवा भएका सुवेदीको कार्यकाल २०७५ साउन २० सम्म् रहनेछ। एडीबीको जागिर खाँदा पनि सुवेदीको यहाँको पद पनि सुरक्षित रहनेछ।

    मुख्यसचिवको बाँकी कार्यकाल पूरा गर्दा उनको एक वर्षको पेन्सन सुविधा बढ्नेछ। पदावधि सकिनु एक साताअघि स्वेच्छिक राजीनामा दिँदा थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाइने व्यवस्था निजामती ऐन तथा नियमावलीमा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij