आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भोलिदेखि २ दिने पत्रकारिता र सुरक्षा विषयक फोटो प्रदर्शनी

  • प्रकाशित मिति : बिहिबार, असार २९, २०७४



  • फोटोपत्रकार क्लबको आयोजनामा पत्रकारिता र सुरक्षा विषयमा २ दिने फोटो प्रदर्शनी शुक्रबारबाट सुरू हुने भएको छ।

    राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभाामुख ओनसरी घर्ती मगरले गर्ने फोटोपत्रकार क्लबले जनाएको छ। पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्बिर प्रदर्शनीमा राखिने क्लबले जनाएको छ।

    फोटोपत्रकार, पत्रकार, सर्वसाधारण, मिडिया सञ्चालकलगायत नीतिनिर्माण तहमा बस्नेहरुलाई नेपालका फोटोपत्रकार र पत्रकारको शुरक्षास्थितिबारे जानकारी गराउनु फोटोप्रदर्शनीको मुख्य उद्धेस्य रहेको क्लबले जनाएको छ।

    ब्यवसायिक फोटोपत्रकारिताको जोखिमपूर्ण अवस्थाबारे बुझ्दै यसको अवस्थालाई सुधार गर्दै लैजानु पनि यो प्रदर्शनीको उद्धेस्य रहेको क्लबले जनाएको छ।

    इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने यो फोटो प्रदर्शनीमा ४५ वटा फोटोहरु समावेश गरिएको छ। फोटो प्रदर्शनीमा प्रवेश निःशुल्क रहेकोले सर्वसाधारणलाई फोटो अबलोकन गर्न फोटोपत्रकार क्लबले आव्हान गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij