मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

जुरे पहिरो पीडितलाई तीन वर्षपछि राहत

  • प्रकाशित मिति : बिहिबार, असार २९, २०७४



  • ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले तीन वर्षपछि राहत पाएका छन् ।

    विसं २०७१ साउन १७ गते राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिराले १४५ जनाको निधन भई १२२ घर पूर्ण क्षति भएकामा प्रभावित परिवारले अहिले आएर भूकम्प पीडितसरह राहत पाउन थालेका हुन् । उक्त पहिराबाट साबिक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका बासिन्दा पीडित बनेका थिए ।

    साबिक धुस्कुन र टेकानपुर गाविसका पीडितले यसअघि नै भूकम्पपीडित राहत पाइसकेका थिए तर कतैबाट राहत पाउन नसकेका साबिक राम्चे र माङ्खा गाविसका २० परिवारमध्ये राम्चेका तीन र माङ्खाका सातसहित १० परिवारलाई भूकम्प पीडितसरह राहत वितरणका लागि सम्झौता भइसकेको र बाँकी परिवारका लागि सम्झौताको पहल भइरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख इ डा युवराज पौडेलले बताए।

    पीडितलाई राहत वितरणका लागि मापदण्ड पुनः वर्गीकरण गर्न जिल्लास्तरमा गठित समन्वय समितिले प्रतिवेदन दिएको थियो । त्यसैका आधारमा हालै निर्वाचित वडाध्यक्ष र सचिवको सिफारिसका आधारमा राहत वितरण गरिएको सो कार्यालयले जनाएको छ । उक्त पहिरामा साबिक चार गाविसका १२२ जना प्रभावित भएका थिए । तीमध्ये नौ घर तथा जग्गासमेतमा क्षति पुगेको थियो । प्रभावितमध्ये जग्गा नहुनेलाई जग्गा खरिद गर्न थप ५० हजार रुपैयाँ समेत उपलब्ध गराइएको प्रमुख पौडेलले बताए।

    जुरे पहिरो पीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित दुई करोड २५ लाख रुपैयाँ जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा जम्मा भएको थियो । राजनीतिक दलको समन्वयको अभावमा पीडित परिवारले राहतका लागि पटक पटक माग गर्दा समेत पाउन सकेका थिएनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij