मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

इटहरीमा भीषण आगलागी, करिब रु सात करोडको नोक्सानी

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।

    कार्कीले सञ्चालन गर्नुभएको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिएका छन् ।

    दोकान घरमा मानिस नबस्ने र दोकान घरको सुरक्षार्थ रहेका कर्मचारी घर बाहिरै रहने गरेकाले आगलागी हुनासाथ तत्काल बारुणयन्त्र, प्रहरी र स्थानीयवासीलाई हल्ला गरेर उठाएका कारण मानवीय नोक्सानी भने नभएको बताइएको छ ।

    राधाकृष्ण पेट्रोल पम्पसँगै एक घर पूर्वपट्टिको घरमा लागेको आगोलाई इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आज बिहान ४ बजेतिर आगो नियन्त्रणमा लिने सफलता मिलेको मार्बल व्यवसायी युवराज कार्कीले जानकारी दिए ।

    आगलागीमा भएको नोक्सानीका विषयमा प्रहरीले प्रारम्भिक नोक्सानीको आँकडा लिने कार्य गरिरहेकाले आगलागीको वास्तविक नोक्सानीको विवरण आउन समय लाग्ने बताइएको छ ।

    पेट्रोल पम्पसँगैको घरमा लागेको आगोलाई सावधानीपूर्वक नियन्त्रणमा लिने सफलताले इटहरीमा हुनसक्ने सम्भावित ठूलो दुर्घटनाबाट जोगिन पुगेको प्रहरीको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij