मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

महिलाको कङ्काल फेला

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • इलाम ।  तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ ।

    चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए ।

    घाँस काट्न जानेले कङ्काल भेटेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बरबहादुर निरौलाले बताउनुभयो । मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको समेत प्रनि निरौलाले बताउनुभयो ।

    उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । कङ्काललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij