आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेसका ‘गान्धीवादी’ नेता जोशीको निधन, आज दाहसंस्कार गरिदैं

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री रामहरि जोशीको विहीबार साँझ निधन भएको छ ।

    ग्राण्डी अस्पतालमा दम र निमोनियाको उपचार गराइरहनुभएका नेता जोशीको हिजो साँझ निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए ।

    घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो ।

    सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।

    नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    उनको पार्थिव शरीरलाई विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र ततपश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

    विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए ।

    कांग्रेसमा हालका नेतामध्ये उनी सबैभन्दा पाका नेताका रुपमा थिए ।

    आजीवन पार्टी र प्रजातन्त्रका लागि लडेका उनी करीब नौ वर्ष कारागारमा परेका थिए ।

    उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij