आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आधुनिक यत्रको प्रयोगबाट गरिएको खेतीमा उत्पादन बढी

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • बारा । कम लागत र थोरै श्रममै उत्पादन बढ्ने भएपछि बाराका किसानले धान खेतीमा आधुनिक सामग्री प्रयोग गर्न थालेका छन् ।

    परम्परागत तरिकाबाट खेती गरिँदा उत्पादन पनि कम र श्रम र समय पनि धेरै लाग्ने हुँदा जिल्लाका किसानहरुले आधुनिक प्रविधि अपनाउन थालेका हुन् ।

    मध्य तराईमा पहिलो पटक समाज सुधार कृषि सहकारी संस्था डुमरबानाले किसानलाई आधुनिक यन्त्रको प्रयोग बिधि सुरु गरेपछि बारामा आधुनिक प्रविधिको यन्त्र प्रयोग गर्नेहरु बढेका हुन् ।

    धान खेतीमा परिचय बनाएको बाराले पछिल्लो समय मलिलो जमिनमा अरु नाफामुखी कृषि खेती गर्न थालेको छ । जसका कारण धान खेती गर्ने कम हुँदै गएका छन् ।

    तर आधुनिक प्रविधिको प्रवेशसँगै धान उत्पादनले पनि ब्यापकता पाउने देखिन्छ । थोरै जग्गा हुने सामान्य किसानले पनि यो यन्त्र र बिधि प्रयोग गर्न सक्ने भएकाले पहुँच पनि बढेको छ ।

    निर्वाहमुखी कृषिलाई आधुनिक उपकरणमार्फत् ब्यावसायीकरण गर्ने शुरुवातका रुपमा धान खेतीमा प्रयोग गरिएको संस्थाका प्रबन्धक रबिन्द्र राजभण्डारी बताउँछन् ।

    धान खेतीमा बैज्ञानिक पद्धती जोडिनुपर्छ भनेर बिउ उत्पादनदेखि रोप्ने, गोड्ने, बिषादी छर्ने, काटने, चुट्नेसम्ममा यन्त्रको प्रयोग गरिएको र सफल पनि भएको उनको भनाइ छ ।

    जनशक्ति अभाव, उत्पादनमा कमी र बजार मूल्यसमेत कम पाउँदा अन्य बालीमा लागेकाहरु पनि आधुनिक यन्त्रको प्रयोगपछि भने धान बालीतर्फ नै उत्साहित बनेका छन् ।

    आफ्नो परिवारलाई पुग्ने मात्र खेती गर्ने र अरु जग्गा बाँझै छाड्नेहरुलाई त यो विधि बरदान नै सावित भएको हो ।

    यन्त्रको सहयोगबाट बाँझो छाड्ने गरेको जमीनमा पनि आफैले धान खेती गर्न थालेको कृषक बताउँछन् ।

    खर्च, श्रम र समयमा आधा नै बचत हुने भएपछि यस यन्त्रको प्रयोग र माग जिल्लाभर बढेको छ ।

    जिल्लाकै सफल कृषकमा दरिएकी सीमा ठकुरी यन्त्रको प्रयोगले किसानलाई धेरै राहत भएको बताउँछन् ।

    एक बिगाहमा धान रोप्न दिनभर २० जना मजदुर लाग्नेमा यस यन्त्रको प्रयोगले तीन घण्टामै सकिन्छ ।

    व्यक्तिले उपकरण खरीद गर्दा महगो पर्ने हँुदा समाज सुधार सहकारीले २०७१ सालबाट अभियानकै रुपमा आफना किसान सदस्यलाई यो प्रणालीमा काम शुरु गरेको थियो ।

    अहिले भने अरु किसानमा पनि यसको पहुँच सहज बनाइएको छ ।

    जेहोस् परम्परागत बाटो छाडेर आधुनिक प्रविधिको प्रयोगले समय र श्रमको मात्र बचत भएको छैन, कृषि उत्पादन पनि बढ्दा कृषकलाई लाभैलाभ भएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij