मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • कलैया । बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो ।

    नेपाल क्षयरोग निवारण संस्था बाराद्वारा यहाँ आयोजित “दलित वर्गमा क्षयरोगसम्बन्धी चेतनामूलक अभिमुखीकरण” कार्यक्रममा २०७३ साउनदेखि २०७३ फागुनसम्म जिल्लामा रहेका कुल ६३७ जना क्षयरोगीमध्ये २९६ जना संक्रमण क्षयरोगी भएको जनाएको छ ।

    जिल्ला अस्पताल, प्राथमिक अस्पताल र स्वास्थ्य चौकी गरी जिल्लाका एक सय स्वास्थ्य संस्थाबाट क्षयरोगीका बिरामीलाई निःशुल्क प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था गरिएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालयका रामविनय यादवले भने– ‘क्षयरोग न्यूनीकरणका लागि जिल्लामा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्दछ ।’

    नेपाल क्षयरोग निवारण संस्था, बाराका अध्यक्ष सुरेश मोदकको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य वसन्त नेपालले क्षयरोगका लक्षण र उपचार विधीका विधिका विभिन्न पक्षमाथि प्रकाश पारे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij