मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

काभ्रेमा धान दोब्बर उत्पादन

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • बनेपा ।  काभ्रेपलाञ्चोकमा कृषकले एसआरआई प्रविधिमा गरेको धानखेतीबाट दोब्बर उत्पादन भएको छ ।

    परीक्षणका रुपमा मण्डनदेउपुरमा सो विधिबाट धानखेती गरिएको थियो । कम लगानीमा बढी उत्पादन लिएको स्थानीय कृषक गोविन्द नेपालले बताउनुभयो । “कम लगानी र कम श्रमशक्ति खर्चेर बढी आम्दानी लिन सफल भएका छौँ, कृषकको यसप्रतिको आर्कषण बढेको छ ।”

    तीन वर्षदेखि सो प्रविधिको प्रयोग गरी धानको उत्पादन गरेको कृषकले बताएका छन् । यस वर्ष आठ किलो धानको बीउ राखेर २८ क्विन्टल धान उत्पादन भएको नेपालले बताउनुभयो ।

    ताइचिन जातको बाहेक मकवानपुर– १ जातको धान पनि उत्पादन गर्न सकिने उहाँको अनुभव छ । परम्परागत रुपमा गरिने धानखेतीमा बीउ तयार हुन एक महिनाभन्दा बढी समय लाग्छ । एसआरआई प्रविधिमा १९ दिनमा धानको बिरुवा ९बेर्ना० खेतमा सार्नयोग्य हुन्छ । अहिले अन्य कृषकले समेत नेपालको सिको गर्न लागेका छन् ।

    जिल्ला कृषि विकास कार्यलय, धुलिखेलका प्रसार अधिकृत कृष्णप्रसाद धितालले जिल्लाका कतिपय स्थानमा कृषकले यसलाई अनुशरण गर्न नसकेका बताउनुभयो । सो प्रविधि इजरायलबाट आएको उहाँको भनाइ छ । खाद्य सुरक्षा बढाउन र मुलुकलाई धानमा आत्मनिर्भर बनाउन उक्त प्रविधिको धानखेती प्रभावकारी हुने धितालले बताउनुभयो । करिब १०० रोपनी क्षेत्रफलमा सो प्रविधिबाट मण्डनदेउपुरमा धानखेती गरिएको छ । पानी नजम्ने स्थान उक्त प्रविधिका लागि उपयुक्त हुन्छ । एउटा सर्को धानको बीउ मात्रै लगाउने प्रविधिलाई एसआरआई प्रविधि भनिन्छ। 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij