आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

७० प्रतिशत शुल्क वृद्धिको विरोधमा धरानका विद्यार्थी आमरण अनसनमा

  • प्रकाशित मिति : शनिबार, असार ३१, २०७४



  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू आन्दोलित भएक छन्।

    नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले बिहीबार अपरान्ह २ बजेबाट शुल्क फिर्ता हुनु पर्ने माग गर्दै आमरण अनसन सुरु गरेका छन्। ५ दिन अघिबाट क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलन सुरु गरेका उनीहरूले विद्यार्थीहरुको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर दुई संगठनले प्रशासन अघिल्तिर अनसन सुरु गरेका हुन् ।

    नेविसंघका उपसभापति सरोज अधिकारी र अखिलका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनसन बसेका हुन्। एक साता अघि संस्थान अन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले देशभरका आगिंक क्याम्पसहरुमा ७० प्रतिशत शुल्क बढेको बारे पत्राचार गरेको थियो। पत्राचार लगत्तै अखिल र नेविसंघ आन्दोलनमा उत्रिएका थिए।

    त्रिवीको नियमविपरीत इन्जिनियरिङ्ग अध्ययन संस्थाले शुल्क वृद्धि गरेकोले आफूहरु आन्दोलित हुनुपरेको नेविसंघका निवर्तमान सभापति आकाश उप्रेतीले बताए।

    शुल्क वृद्धिसगै उनीहरुले धरानको इन्जिनियरिङ क्याम्पससग जोडिएका केही विषय राखेर आन्दोलन थालेका हुन्। क्याम्पसमा हुने वार्षिक आर्थिक कारोबार सार्वजनिक गर्नुपर्ने, क्याम्पस परिषरमा रहेका अव्यवस्थित झाडी तथा रुखहरुलाई व्यवस्थित गर्नुपर्ने र सौचालय साथै खानेपानीको उचित व्यवस्थापन गर्नु पर्ने माग राखी क्याम्पस प्रशासन, पुल्चोक स्थित डिन कार्यालय र स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा मागपत्र समेत बुझाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij