मालपोत, घरजग्गा र व्यवसाय करमा महानगरले १० प्रतिशत छुट दिने भएको हो। त्यस्तै विगतका वर्षहरुमा वक्यौता रहेकालाई पनि १० प्रतिशत छुट दिएर जरिवाना समेत मिनाह गर्ने भएको छ।
कर तिर्न बाँकी रहेकालाई प्रोत्साहन गर्ने उद्देश्यले महानगरले यस्तो नीति लिएको हो। शनिबार आर्थिक वर्ष २०७४÷७५ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महानगरले यस्तो घोषणा गरेको हो।
सम्वन्धित वडा कार्यालयहरुमै कर संकलनको लागि आवश्यक पूर्वाधार तयार गरिने ललितपुर महानगरले जनाएको छ। करदाता जागरणका लागि घरदैलो कार्यक्रम गर्ने, कर शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनेजस्ता जनचेतनामूलक कार्यक्रमलाई महानगरले अगाडि सारेको छ।

