आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजदेखि ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन

  • प्रकाशित मिति : आइतवार, साउन १, २०७४



  • काठमाडौं । निर्वाचन आयोगले आइतबार (आज)देखि देशका ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्दैछ ।

    प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

    आयोगले साउन १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने जनाएको छ ।

    यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि आयोगले यसपटक नागरिकता जारी भएको जिल्लामै मतदाता फाराम भर्नुपर्ने जनाएको छ ।

    यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij