आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कावासोतीका मेयर/उपमेयरको कार्यकक्षमा वडाअध्यक्षहरुद्वारा अनिश्चितकालिन तालाबन्दी

  • प्रकाशित मिति : मङ्लबार, साउन ३, २०७४



  • परासी । नवलपरासीको कावासोती नगरपालिकाको मेयर उपमेयर तथा कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर,उपमेयरले बहुमतका आधारमा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम र बजेट ल्याएको भन्दै ९ वटा वडाका वडा अध्यक्षहरुले नै तालाबन्दी गरेका हुन् ।

    नगरको मेयर चन्द्रादेवी पुनले सोमबार आयोजित नगरपालिकाको प्रथम नगरसभामा काँग्रेस र माओबादी केन्द्रका वडा अध्यक्षहरुसँग कुनै छलफल नगरी वार्षिक  बजेट पारित गरेको बताएकी थिइन् । नगरपालिकाकाले बोलाएको प्रथम नगरसभा लगातार तीन दिनदेखि यहि विवादले स्थगित हुदै आएको थियो । पछिल्लोपटक सोमबार विहान १० बजे चल्ने भनिएको उक्त नगरसभा कुरा नमिल्दा साँझ ६ बजे मात्र सुरु भएको थियो ।

    नगर सभामा लक्षित वर्गको बजेट वडामा जानुपर्ने, एकीकृत सम्पत्ति कर नबढाउने र वार्षिक निति बजेट तथा कार्यक्रम सबै वडा अध्यक्षहरुकोे सहभागितामा वृहद छलफल गरेर मात्र पारित गर्नुपर्ने ९ वटा वडाका अध्यक्षहरुले माग राखेपछि सभामा विवाद भएको थियो । जसकारण सभामा रोष्टम घेराउ समेत भएको थियो ।

    सभामा मेयरको कामकारवाहीप्रति रुष्ट बनेका ९ वटा वडा अध्यक्षहरुले मंगलबार विहान प्रेस विज्ञप्ती निकाल्दै मेयर,उपमेर र कार्यकारी अधिकृतको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले जनकारी दिए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij