मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

तनहुँमा १३ वर्षे बालकद्धारा आत्महत्या

  • प्रकाशित मिति : बुधबार, साउन ४, २०७४



  • तनहुँ   । तनहुँमा एक बालकले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा व्यास नगरपालिका वडा नं ५ साँघे नेपालटार बस्ने बर्ष १३ का आकाश श्रेष्ठले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    श्रेष्ठले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेका हुन् । मंगलबार दिउँसो दिनभर खेत रोपाई कार्यमा सहभागी भएका श्रेष्ठलाई बाबु आमाले केहि समय अघि खाना पकाउन भन्दै घर पठाएका थिए ।

    मंगलबार साँझ ७ बजेको समयमा बाबु आमा घरमा आइपुग्दा छोराले आत्महत्या गरिसकेको अवस्थामा भेटिएको परिवारजनको भनाईलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका सई मनोज पाण्डेले बताए ।

    मृतकको शव बुधवार  विहान घट्नास्थलमा पुगी मुचुल्का उठाएर पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको सई पाण्डेले जानकारी दिए । बालकले आत्महत्या गर्नुको कुनै कारण नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij