मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

१५ गाउँपालिका अझै टेलिफोन विहीन

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ, तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    दूरसञ्चार प्राधिकरणका अनुसार बाजुराका पाँच, हुम्लाका तीन, दार्चुला, कालिकोट र जुम्लाका दुई–दुई तथा बझाङको एक गाउँपालिकामा अझै टेलिफोनको नेटवर्क पुगेको छैन । २४ गाउँपालिकामा पनि टेलिफोन सेवा आंशिक मात्रै पुगेको छ । सेवाप्रदायकले ग्राहक आधार उच्च भएका सहर–बजारमा नेटवर्क विस्तारलाई प्राथमिकतामा राख्दा विकट तथा ग्रामीण क्षेत्र उपेक्षामा परेका हुन् । नेपाल टेलिकम र एनसेलको थ्रिजी सेवा सबैजसो जिल्लामा पुगिसकेको छ । तर, विकट क्षेत्रमा भने टुजीको नेटवर्कसमेत छैन ।

    प्राधिकरणका अनुसार टेलिफोन नेटवर्क नपुगेका सबै स्थानीय तह प्रदेश नम्बर ६ र ७ अन्तर्गतका हुन् । ७ नम्बर प्रदेशका आठ तहमा टेलिफोनको नेटवर्क पुगेको छैन भने ९ तहमा आंशिक सेवा मात्रै छ । त्यस्तै, प्रदेश नम्बर ६ का सात तहमा नेटवर्क छैन भने आठ तहमा आंशिक सेवा मात्रै पुगेको छ । प्रदेश नम्बर ५ का तीन, प्रदेश नम्बर ३ र ४ का एक–एक स्थानीय तहमा समेत टेलिफोनको नेटवर्क आंशिक मात्रै पुगेको छ ।

    प्रदेश नम्बर १ र २ का सबै स्थानीय तहमा टेलिफोन सेवा उपलब्ध रहेको प्राधिकरणले जनाएको छ । प्रदेश नम्बर १ मा १ सय ३७ र प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् ।

    टेलिकम ११५ स्थानीय तहमा पुग्न बाँकी

    दूरसञ्चार प्राधिकरणका अनुसार १ सय १५ स्थानीय तह अझै नेपाल टेलिकमको सेवाबाट वञ्चित छन् । टेलिकमले ७ सय ४४ स्थानीय तहमध्ये ६ सय २९ तहमा आफ्नो नेटवर्क विस्तार गरेर सेवा दिँदै आएको छ । ग्रामीण तथा विकट क्षेत्रमा पनि नेटवर्क विस्तारलाई प्राथमिकतामा राखेको टेलिकमले जनाएको छ ।

    निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रादयक कम्पनी एनसेलको नेटवर्क पनि अझै ८३ स्थानीय तहमा पुग्न बाँकी छ । खासगरी विकट हिमाली जिल्लामा एनसेलले नेटवर्क विस्तार गरेको छैन । प्राधिकरणका अनुसार एनसेलले अहिलेसम्म ६ सय ६१ स्थानीय तहमा सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij