आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेनी–जोमसोम सडकमा सवारी सञ्चालन

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • म्याग्दी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा रहेको अस्थायी पुल बाढीले बगाएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएको छ । बुधबार राति आएको बाढीले बेगखोलामा बनाइएको अस्थायी पुल भत्काएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको थियो ।

    बाढीले अस्थायी पुल बगाएको खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रुपमा सवारी साधन वारपार हुने व्यवस्था मिलाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । गत वर्ष आएको बाढीले बेगखोलामा रहेको बेलिब्रिज बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थायी पुल निर्माण गरेको थियो ।

    सर्वसाधारण तथा यात्रुलाई पैदलमार्फत पार गर्न सहज बनाउन साँघु बनाइएको र सवारीसाधनलाई खोलाबाटै वारपार गर्ने गरी अस्थायी रुपमा अवरुद्ध सडक सञ्चालन गरिएको शेरचनले जानकारी दिए । उनकाअनुसार खोलामा पुनः बाढी आएमा सवारीसाधन वारपार गर्न सक्ने अवस्था छैन । आयोजनाका इञ्जिनियरको टोली सडकको स्थलगत निरीक्षणमा आएपछि बेगखोलामा सवारी वारपारका लागि थप पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

    यसैबीच, पहिरोको जोखिमका कारण आजदेखि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij