आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना सुरु भएको छ ।

    सडक दूरवस्थाका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले साउन १ गते आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाई १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए । यसको समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र पनि गठन गरिएको छ ।

    मेलम्ची आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि काठमाडाँै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याएको थियो । मनसुन सुरु भइसकेकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारी साधनको आवागमनमा असर पर्ने भएकाले निर्देशनालयले बाँकी सडकखण्ड खन्न पूर्णरुपमा बन्द गरेको छ । यसै क्रममा उपत्यकामा खनिएका सडकका कारण दुर्घटना भइरहेकाप्रति निर्देशनालय गम्भीर भएको प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

    “सामाखुसी क्षेत्रमा पाइप बिच्छ्याउने निर्देशनालयको कार्यक्रम छैन, साउन १ गते प्रधानमन्त्री देउवाले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गरिसक्न सम्बद्ध निकायलाई निर्देशन दिएकाले निर्देशनालयले पाइपलाइन बिच्छ्याउने क्रममा खनिएका सडकलाई दुरुस्त बनाउन प्रयास केन्द्रित गरेको छ,” उनले भने ।

    निर्देशनालयले थोक वितरण प्रणालीका लागि ६०.६ किलोमिटर पाइपलाइन बिच्छ्याउनुपर्नेमा हालसम्म पानी पोखरीहरुसम्म पानी प्रवाहका लागि महत्वपूर्ण ५१.५ किलोमिटरको काम सकेको छ । त्यसैगरी, वितरण सञ्जाल सुधारका लागि ६७० किलोमिटर पाइपलाइन विस्तार गर्नुुपर्नेमा हालसम्म ६१० किलोमिटर पाइपलाइन बिच्छ्याइएको छ । उपत्यकामा पानी वितरण गर्न पानी भण्डारणका लागि महांकालचौर, पानीपोखरी, बाँसबारी, टिग्नी, बालाजु र खुमलटारका पानी पोखरीको काम सकिएको छ ।

    प्रधानमन्त्री देउवाको निर्देशनपछि निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँका विभिन्न स्थानमा निरीक्षण गरी बिग्रिएका सडकलाई तुरुन्तै मर्मत गर्न निर्माण व्यवसायीलाई स्थलगत रुपमै निर्देशन दिए । बत्तीसपुतली, रातोपुल, चावहिल, चुच्चेपाटी, कपन क्षेत्रमा बिग्रिएका सडकको मर्मत सुरु गरिएको निर्देशनालयले जनाएको छ । यी सडकलाई आगामी दश दिनभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्रवक्ता ढकालले बताए ।

    कुल ७३० किलोमिटर वितरण सञ्जालमध्ये २३० किलोमिटर सडकमा र ५०० किलोमिटर पाइप पैदलमार्ग (फुटपाथ) मा बिच्छ्याइएको निर्देशनालयले जनाएको छ । दुईसय ३० किलोमिटरमध्ये पनि मूल सडकमा २६ किलोमिटर मात्र पाइप बिच्छ्याइएको उहाँले जानकारी गराए । यसमध्ये २४ किलोमिटरमा अस्थायी कालोपत्र ‘प्राइम कोट’ गरी सकिएको छ । चावहिल र महाराजगञ्ज क्षेत्रका केही भागमा दुई किलोमिटर सडकमा ‘प्राइम कोट’ गर्न बाँकी छ ।

    यसैगरी, चावहिल, चुुच्चेपाटी क्षेत्रमा बर्सातको पानी जम्न नदिन जम्मा भएको माटो फाल्ने काम शुरु गरिएको छ ।

    राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कार्य दु्रत गतिमा सम्पन्न गर्न सडक खन्नुपर्ने बाध्यता रहेको जनाउँदै निर्देशनालयले सडक खन्दा सेवा प्रदायकसँग समन्वय गरी काम अघि बढाइएको बताएको छ । सडक खन्ने क्रममा पनि धुलो र हिलोको समस्या कम गर्न आयोजनाको वातावरण व्यवस्थापन योजना अनुसारका काम गरिँदै आएको निर्देशनालयको दाबी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij