आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय क्रिकेट खेलाडी नयाँ लुकमा

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४



  • श्रीलंकामा ३ टेस्ट, ५ एकदिवसीय र १ टि–२० प्रतियोगिता खेल्न गएको भारतीय टिमका सदस्यहरु अब पहिले जस्तै देखिने छैनन्। २५ जुलाईदेखि सुरु हुने टेस्टमा भारतीय खेलाडी नयाँ रुपमा देखिने छन्।

    भारतबाट उड्नुअघि प्रायः सबै खेलाडीले आफ्नो हेयरस्टाइल परिवर्तन गरेका छन्। भारतीय खेलाडीले सामूहिक रुपमा कपालको स्टाइल परिवर्तन गरेको सम्भवत यो पहिलो अवसर हो। यसमा सबैभन्दा बढि चर्चा हार्दिक पाण्ड्याको भइरहेको छ। उनले श्रीलंकातर्फ लाग्नुअघि इन्स्टाग्राममा आफ्नो परिवर्तन भएको कपालको नयाँ स्टाइल पोस्ट गरेका छन्।

    पाण्ड्याबाहेक प्रारम्भिक ब्याट्सम्यान अजिङ्क रहाणे, रोहित शर्मा, केएल राहुलले पनि आफ्नो हेयरस्टाइल परिवर्तन गरेका छन्। यी सबैको हेयरस्टाइल आलिम हाकिमले परिवर्तन गरेका हुन्।

    आलिम हेयर स्थाइलिस्ट हुन्। उनको कामको प्रसंसा गर्दै पाण्ड्याले लेखेका छन्, ‘वास्तवमै तपाई जादूगर हो। त्यसैले हामी तपाईलाई निकै मन पराउँछौं।’ पाण्ड्याले हाकिमसँगै खिचेको फोटो पनि शेयर गरेका छन्।

    रहाणेले पनि आफ्नो लुकमा केही परिवर्तन गरेका छन्। उनले पनि इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गरेका छन्। रवी शास्त्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेपछि भारतको यो पहिलो विदेश भ्रमण हो। मंगलबार मात्र जाहिर खानको स्थानमा भरत अरुणलाई बलिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij