मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

यति एयरको पहिलो एटिआर जहाज काठमाडौं आइपुग्यो

  • प्रकाशित मिति : शनिबार, साउन ७, २०७४



  • यति एयरलाइन्सले पहिलो पटक एटिआर जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

    सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुदैँ यतिको एटिआर काठमाडौंमा मध्यान्ह अवतरण गरेको हो। फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५०० एक अर्बको लगानीमा यतिले एटिआर काठमाडौं भित्र्याएको हो ।

    सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग यतिले जहाज खरिद गरेको हो । एटिआर जहाजले एक हप्तापछि विराटनगर, भैरहवा, नेपालगंज र भद्रपुर उडान थाल्ने यति एयरलाइन्सका म्यानेजर भिमराज राईले जानकारी दिए ।

    ‘यो आर्थिक वर्ष भित्र हामीले ३ वटा एटिआर किन्ने योजना गरेका छौं, ‘राईले सेतोपाटीसँग भने, ‘त्यसै स्वरुप पहिलो जहाज काठमाडौं आइपुगेको छ त्यस्तै एटिआर एक महिनापछि अर्को काठमाडौं आइपुग्ने राईले बताए।

    ‘यो वर्षभित्र तेस्रो एटिआर पनि काठमाडौं आइपुग्छ’ उनले भने । यो जहाजसँगै यतिसँग अब ७ वटा जहाज भएको छ। एटिआरलाई विराटनगर, भैरहवा, नेपालगंज र भद्रपुर उडाउने र त्यहाँ उड्दै आएका जहाजलाई जनकपुर, भरतपुर, पोखरा लगायतका क्षेत्रको उडानमा जोड दिने राईले बताए।

    यतिले ल्याएको जस्तै एटिआर जहाज अहिले बुद्ध एयरसँग ४ वटा छ। हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ।

    विस्तारै जेटस्ट्रिम जहाज विस्थापन गर्दै एटिआर नै ल्याउने तयारीमा यति रहेको राईले बताए। पछिल्लो समय आन्तरिक उडान गर्नका लागि जहाज थप्ने होडबाजी एयरलाइन्स कम्पनीहरुमा चलेको छ।

    बुद्धले २ वटा सिआरजे २०० जहाज थप्ने योजना बनाएको छ भने यतिले अब २ वटा थप्ने जनाएको छ। सिताले २ थान डोर्नियर, श्री एयरलाइन्सले २ वटा जेट सिआरजे २०० , सौर्य एयरलायन्सले १ वटा जेट सिआरजे २०० र नेपाल वायुसेवा निगमले २ थान चिनियाँ जहाज थप्ने योजना बनाएको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij