आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शर्माको बन्दीप्रत्यक्षीकरण रिटको पूर्ण इजलासमा सुनुवाइ हुँदै

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले आज बृहद् पूर्ण इजलासमा सुनुवाइ गर्दैछ।

    सर्वोच्च अदालतका अनुसार बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका छन्।

    शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले आफ्ना श्रीमानलाई  अख्तियार दुरुपयोग अनुसन्धान अायोगले गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै  उनको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्।

    यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फर्छ्यौट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो।

    सो इजलासले  सर्वोच्च अन्तिम निर्णयमा नपुगेसम्म  मुद्दा अगाडि नबढाउनविशेष अदालतलाई  पनि अादेश  दिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij