आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइएसओ प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • काठमाडौँ  । राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ ।

    राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । विभागमा आज आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताउनुभयो ।

    परराष्ट्रमन्त्री महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिनुभयो ।
    “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्त रुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ”, परिवर्तनशील समयअनुरुप विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीन विकासलाई आत्मसात् गर्दै काम गर्नुपर्ने अहिलेको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य सरकारी नियकालाई पनि प्रेरणा मिलेको विचार व्यक्त गर्नुभयो ।

    नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु नेपालका निम्ति प्रतिष्ठाको विषय भएको बताउँदै त्यसलाई कायम राख्न विभागलाई अनुरोध गर्नुभयो । विभागका महानिर्देशक रामकाजी खड्काले सेवा प्रवाहमा विभाग दत्तचित्त भएर लागेको भन्दै अझ स्तरीय एवं गुणस्तरयुक्त सेवा जनतालाई उपलब्ध गराउन आफू नेतृत्वको कार्यालय दृढ रहेको बताउनुभयो । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij