मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

टिकौली जंगलमा तस्कर समाउने नयाँ तरिकाको खोजी

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • चितवन । चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविक मार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न लागिएको छ । क्यामरा ट्रापिङ विधिमार्फत यहाँ आवजतजावत गर्ने संरक्षित वन्यजन्तुमा परेको असरबारे अध्ययन हुन लागेको हो ।

    पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा अध्ययन गर्न लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले अनुगमनका लागि जंगल क्षेत्रमा क्यामेरा राख्न अहिले आवश्यक प्राविधिक तथा आन्तरिक तयारीका काम भैरहेको जानकारी दिए ।

    साउन महिनाभित्रै क्यामेरा जडान भैसक्ने उनको भनाइ छ । सो क्षेत्रमा विभिन्न स्थानमा क्यामेरा राखेर वन्यजन्तुको आवागमन र तिनमा परेको असरबारे अध्ययन गरिने जनाइएको छ ।

    चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भएपनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्रयापिङबाट अनुगमन नभएको जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो क्षेत्रमा ५ देखि १० वटासम्म क्यामेरा राखेर अनुगमन गरिने भएको छ ।

    यसअघि चितवन निकुञ्जमा बाघको अध्ययन गर्नुभएका कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेका अनुसार लामो समय लगाएर यहाँको अध्ययन हुने जानकारी दिए । सो क्षेत्रको सुरक्षामा चुनौती भएपछि यहाँ अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्न बन्द गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij