प्रकाशित मिति : आइतवार, साउन ८, २०७४
निलम ओली , दाङ । दाङमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसार पसार गर्ने जे.सि.बी. र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बबई नदी किनाराबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसार पसार समेत गरिरहेको अवस्थामा रा १ख ९९५ नं.को टिप्पर, रा १ ख १३४३ नं.को टिप्पर, ना ७ ख ४००२ नं.को टिप्पर र नं.नभएको जे.सि.बीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई टिप्परहरुमा लोड गरेको गिट्टी बालुवा सहित आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समिति घोराही दाङमा पठाईएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी जानकारी दिनुभयो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij