प्रकाशित मिति : सोमवार, साउन ९, २०७४
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बालबालिकाकालागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुरको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रीत विभिन्न दुर्गम जिल्लाबाट आश्रय लिएका बालबालिकालाई बैंकले शैक्षिक सामाग्री तथा खाद्य सामाग्री वितण गरेको हो ।
साथै, सोहि अवसर पारेर बैंकले थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रम गरेको छ । सो अवसरमा करिब १ सय ५० जना रक्तदाताले रक्तदान गरेका छन् ।
बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८ हजार विरुवा रोपेको जनाएको छ । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij