मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

जीप दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौ ल्याइयो

  • प्रकाशित मिति : सोमवार, साउन ९, २०७४



  • बागलुङ ।  बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा जिप दुर्घटनमा परि घाइते भएकाहरुको हेलिकोप्टरबाट काठमाडौ पठाइएको छ । ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरि उपचारको लागी सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएको हो ।

    सोमबार विहान भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । गम्भिर घाइते भएका बडीगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीसलाई काठमाडौं पठाइएको छ ।

    यता सोहि दुर्घटनामा मृत्यू भएका बडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजी ४२ वर्षका हुमेन काउचा, बडीगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको ग्वालीचौर स्वास्थ्य चौकीमा पोष्टमार्टम गर्ने तयारी भएको गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij