आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालगञ्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको सडक निर्माण विवाद समाधान

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • बाँके जिल्लाको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको सडक निर्माण विवाद समाधान भएको छ ।  फुटपाथ, नाला र सडक गरी ३० मिटर चौडाइ हुने गरी डिजाइन गरिएको सो सडकखण्ड २२ मिटरमा निर्माण गर्न थालिएपछि सो क्षेत्रका नागरिकस्तरबाट आरोप, प्रत्यारोप र विवाद हुँदै आएको थियो ।

    एक सातादेखि विवादित बनेको सो सडकखण्डको निर्माण कार्य रोकिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालासँग गरेको छलफलपछि २२ मिटर चौडाइमै निर्माण गर्ने सहमति भएको जनाइएको छ ।

    नगर प्रमुख डा धवलशम्शेर राणाका अनुसार ३० मिटरमा बनाउँदा ९५ प्रतिशत नागरिकका घर संरचना भत्किने भएकाले सोही अवस्थालाई लक्षित गरी २२ मिटरमा निर्माण गरिने सहमति गरिएको हो ।

    छलफलमा बसपार्क सडक संघर्ष समितिका संयोजक लीलानाथ अधिकारीले सबैको सहमतिमा निर्माण कार्य अगाडि बढाउने सहमति भएकाले अब काम नरोकिने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij