आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आधा दर्जन पाँचतारे होटल निर्माणाधिन, कुन होटल कहाँ?

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • पछिल्लो समय होटल क्षेत्रमा लगानी आकर्षित भइरहेको छ। राजनीतिक स्थायित्वपछि नेपालमा पर्यटकको आगमन बढ्ने र त्यसपछि होटल व्यवसाय फस्टाउने आँकलनसहित यो क्षेत्रमा ठुलो लगानी भइरहेको छ।

    होटल एसोसिएसन नेपाल(हान)को तथ्यांकअनुसार सन् २०२० भित्र संचालमा आइसक्नेगरी ५० अर्ब लगानीमा उपत्यकाभित्र यस्ता ठुला होटल अयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन्। आधिकारीक जानकारीमा नभएका तर धमाधम निर्माणको चरणमा भएका १ अर्बभन्दा साना लागनीका अन्य तारे होटलहरुमा पनि करिब २५ अर्ब लगानी भएको हानले जानकारी दिएको छ।

    यसरी हेर्दा काठमाडौं उपत्यकामा मात्र पौने खर्ब लगानीमा ठूला होटलहरु धमाधम निर्माण भइरहेका छन्।
    पाँचतारे वा सो सरहका सुविधायुक्त त्यस्ता ठूला होटल आयोजनाहरुमा मेरियट, होटल समिट, सिल्भर हेरिटेज, डबल ट्री हिल्टन, जिंक जर्नी काठमाडौं, होटल ली शेर्पा, पवन प्यालेस, चन्द्रागिरी रिसोर्ट लगायत निर्माणको क्रममा रहेका छन्।

    त्यस्तै नेपालका व्यापारिक घरानाहरु चौधरी ग्रुप, बैद्य अर्गनाइजेशन, सुर्य नेपाल, सेन्चुरी ग्रुप, सुमार्गी ग्रुप र नेपाल नागरिक उड्ययन प्राधिकरणले होटल निर्माणको घोषणा गरेका छन्।

    गएको १० वर्षमा नेपालमा केही ठूला आयोजना सुरु भएका छन् भने त्यो हो होटल। पर्यटकीय सम्भावना धेरै भएकोले व्यावसायीहरु होटलमा लगानी लगानी गर्न आकर्षित भएको हानका अध्यक्ष अमरमान शाक्यले बताए।
    हानका अनुसार पछिल्लो सयम देशभर करिब २५ अर्बको लगानीमा आधा दर्जन पाँचतारे होटल निर्माण भइरहेका छन्। हाल १० वटा पाँचतारे रहेपनि ९ वटामात्र संचालनमा छन्। अबको तीनवर्षभित्र संचलानमा आइसक्नेगरी निर्माणाधिन रहेका पाँचतारे होटल काठमाडौं बाहिर पनि रहेका छन्।

    कुन होटल कहाँ?
    अलफ्ट होटल, काठमाडौंः ५ अर्ब , २२० कोठा

    काठमाडौं शेराटनः १२ अर्ब, २२५ कोठा

    म्यारियट होटल,काठमाडौंः ४ अर्ब, २३५
    काठमाडौं जिंक, ललितपुरः ३ अर्ब

    टाइगर प्यालेस,रुपन्देहीः ३ अर्ब, २०० कोठा

    पवन प्यालेस, लुम्बिनीः १ अर्ब ३५ करोड, १४८ कोठा

    होटलमा लगानी आउनु सकारात्मक भए पनि ठूलाजति सबै आयोजनाहरु काठमाडौंमा मात्र कन्द्रित भएको र यसको दीर्घकालीन व्यावसायिक लाभको बारेमा भने कसैले नसोचेको शाक्यको बुझाई छ।

    यदि घोषणा गरिएजस्तै अबको ३ वर्षभित्र होटलहरु निर्माण भएमा ४ हजार पाँचसय भन्दा बढी होटलका कोठा थपिनेछन्। त्यसको मतलव ९ हजार बेड हुन्। यो बेड वर्षमा करिब ३० देखि ३५ लाख पर्यटकहरुका लागि बस्न पुग्ने संख्या हो।

    अहिले नेपालमा तारे होटलका ९ हजार बेड रहेका छन्। जसले एक वर्षमा ३० लाख पर्यटकहरुलाई सेवा दिन पुग्छ। योसँगै अब थपिने बेडले गर्दा नेपालमा करिब ६० लाख पर्यटकलाई सेवा दिनपुग्ने छ।

    https://www.jaljalakhabar.com/wp-content/uploads/2017/03/Khanalmotors1.gif

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij