मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

१३ लाख रुपैयाँको लागतमा पितृहरुको स्मृतिमा शङ्ख स्तम्भ निर्माण

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • झापा । झापाको मेचीनगर–१० धुलाबारीमा २७ फिट अग्लो शङ्ख स्तम्भ निर्माण गरिएको छ ।

    नन्दा नदी किनारमा रु १३ लाखको लागतमा रामघाट सेवा समितिले पितृहरुको स्मृतिमा सो स्तम्भ निर्माण गरेको हो ।

    जमिनको सतहबाट २७ फिट अग्लो स्तम्भको टुप्पामा आठ फिट लम्बाइ र चार फिट उचाइ भएको सेतो शङ्ख राखिएको छ । यस्तो शङ्ख आकृति भएको स्तम्भ नेपालमै पहिलो भएको रामघाट सेवा समितिका अध्यक्ष ललित बोहोराले बताए ।

    मुख उत्तरतिर र पुच्छर दक्षिणतिर फर्किएको यो विशाल शङ्ख स्तम्भको निर्माण सिमेन्ट, रड र टायलको प्रयोगबाट भएको छ ।

    दिवङ्गत पितृहरुको मोक्ष अर्थात् श्राद्धका लागि निर्माण गरिएको चार फिट वर्गाकार फेद भएको यो स्तम्भमा एक फन्का मार्दा १०८ फिट परिक्रमा गरेसरह पुण्य प्राप्ति हुने अध्यक्ष बोहराको भनाइ छ ।

    मेचीनगर नगरपालिकाका इञ्जिनियर भूपेन्द्र तामाङले डिजाइन गरेको यो स्तम्भ भूकम्प प्रतिरोधी रहेको छ । दुई वर्षअघि धुलाबारीस्थित नन्दा नदी छेउमा रु एक करोड २५ लाखको लागतमा दाहसंस्कार गर्ने सुविधासम्पन्न रामघाट स्थापना गरिएको थियो ।

    उक्त सुविधासम्पन्न भवनमा दुई शवदाह गृह, तीन चौतारो, मलामी विश्रामालय, क्रियापुत्री बस्ने चार कोठा, २०० जना अटाउने हल र दुईवटा कार्यालय कोठा रहेका छन् ।

    शवदाह गृह र मलामी विश्रामालय बनेपछि ज्यामिरगढी, इँट्टाभट्टा, धुलाबारी, मागुरमाडी लगायत क्षेत्रका बासिन्दालाई मृत्युसंस्कारका लागि सुविधा भएको छ । सो क्षेत्रमा यो शङ्खसहितको पितृ स्तम्भ बनेसँगै पर्यटकको आकर्षण बढ्न थालेको पनि अध्यक्ष बोहाराले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij