प्रकाशित मिति : बुधबार, साउन ११, २०७४
२०६५ साल असार २४ गतेबाट सुरु भएको मंगलसेनको टुँडीखेलस्थित अछाम दरबारको पुनर्निर्माणको काम २०६८ सालमा सम्पन्न हुने सम्झौता भए पनि हालसम्म एउटै तल्लाको कामसमेत सकिएको छैन ।
दरबार निर्माणका लागि २ करोड २५ लाख ७३ हजार ६ सय ४५ रुपैयाँमा साउद कन्ट्रक्सनले जिम्मा लिएको शहरी विकास डिभिजन कार्यालयका झपट विकले जानकारी दिए । काठको अभावका कारण समयमै निर्माण कार्य सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा काठ ओसारपसारमा लगाएको प्रतिबन्धका कारण आवश्यक काठ उपलब्ध नहुँदा काममा ढिलाई भएको ठेकेदार जयबहादुर साउदले बताए ।
सम्बन्धित निकायको बेवास्ता र ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाकै नमुनाको रुपमा रहेको दरबार निर्माण हुन नसकेको स्थानीयले आरोप लगाएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij