मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

वातावरण संरक्षण शिक्षा सम्बन्धी पाठ्यपुस्तक प्रयोगमा

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • दुर्लभ वन्यजन्तु तथा वनस्पतिका विषयमा विद्यालयस्तरबाटै शिक्षा दिने उद्देश्यले रेडपाण्डा नेटवर्कले पूर्वका तीन जिल्लामा वातावरण संरक्षण शिक्षाको पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ ।

    कक्षा ६ र ७ मा पढाइ हुने तय भएको पाठ्यपुस्तक पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

    रेडपाण्डा नेटवर्कका संरक्षण संयोजक पेमा शेर्पाले यो शैक्षिक वर्षमा ताप्लेजुङ, पाँचथर र इलामका तीनवटा विद्यालयमा वातावरण संरक्षण शिक्षाको स्थानीय पाठ्य सामग्री पढाइने बताए ।

    उनका अनुसार पुस्तकमा कक्षा ६ का लागि ५ र कक्षा ७ का लागि थप ५ इकाइ पाठ्य सामग्री समेटिएका छन् । पहिलो वर्ष कक्षा ६ का लागि मात्र यो पाठ्यपुस्तक पढाउने व्यवस्था गरिने छ ।

    रेडपाण्डा नेवर्टकका संरक्षण संयोजक शेर्पाले अर्को वर्षबाट कक्षा ६ र ७ मा एकैपटक पाठ्य सामग्री प्रयोगमा ल्याइने जानकारी दिए ।

    पाठ्य सामाग्री स्थानीय सापेक्षता र अध्ययनमा आधारित भएको बताइएको छ ।

    रेडपाण्डा नेटवर्कले पाँचथर, इलाम र ताप्लेजुङका संरक्षणका क्षेत्रमा कलम चलाउने पत्रकारका लागि जैविक विविधता संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक दुई दिने तालिमको आयोजनासमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij