आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंका सडकका खाल्डा चाँडोभन्दा चाँडो पुर्न निर्देशन

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • An alluring view of the Kathmandu Valley, illuminated in the Dipawali lights, in the evening of Laxmi Puja, from Swayambhunath, on Sunday, October 30, 2016. Photo: RSS

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्डा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ ।

    कार्यालयको नेतृत्वमा बिहीबार बिहान नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चाबहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चाबहिलमा १० वटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको उक्त कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।

    ‘बौद्धको सडकमा थप सुधार गर्नुपर्ने आवश्यकता देखियो, कम हिलो भएको ढुंगा, गिट्टी राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनालगायत सरोकार भएका कार्यालयलाई निर्देशन दिइएको छ’ –उनले भने ।

    अनुगमन समूह जोरपाटीबाट फर्केर चाबहिल–गोपीकृष्ण हल–सुकेधारा–नारायण गोपाल चोक–गोल्फुटारसम्म, नारायण गोपाल चोकबाट सामाखुसी–बालाजु, फेरि नारायण गोपाल चोकबाट महाराजगञ्ज–लाजिम्पाट–लैनचौर–रत्नपार्क–सहिदगेट–त्रिपुरेश्वर–टेकु–थापाथली–बबरमहलसम्म पुगेको थियो ।

    अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको समूह सहभागी थियो । अनुगमनका क्रममा केही स्थानका खाल्डाखुल्डी भने राम्रोसँग पुरिएको भेटिएको कार्यालयले जनाएको छ ।

    लैनचौरबाट नारायण गोपाल चोकसम्मको सडकमा खानेपानीको पाइप फुटेर पानी आएको, त्रिपुरेश्वर–टेकु सडकका ठाउँठाउँमा पानी जमेर पोखरी बनेको, टेकुको दुवै भागका सडकमा विभिन्न सामग्री राखिएकाले छिटो सफा गर्न निर्देशन दिइएको छ ।

    अनुगमनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय, सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण, खानेपानी तथा ढल निकास विभागलगायतका सरोकार भएका कार्यालयका अधिकारीको पनि सहभागिता थियो ।

    अनुगमनपछि अन्तरनिकाय समन्वयको आवश्यकता देखिएको उक्त कार्यालयका आर्थिक र पूर्वाधार महाशाखा प्रमुख रेग्मीले बताए । समन्वयको पहल गर्न बिहीबार दिउँसो ३ बजे सरोकार भएका कार्यालयका प्रमुखको बैठक प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको उनले बताए ।

    उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले मेलम्चीको पानी वितरणका लागि पाइप खनिएको स्थानमा आयोजना कार्यान्वयन निर्देशनालयले खाल्डाखुल्डी पुर्ने काम गरिरहेको जानकारी दिए ।

    ‘पाइप नबिच्छ्याइएका तर सडक विस्तार भइरहेका स्थानमा आयोजनाले खाल्डा पुरिरहेको छ, खाल्डा पुर्न विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय, उपत्यकाका डिभिजन कार्यालय पनि सक्रिय छन्, केही दिनमा सबै खाल्डा पुरिसकिन्छ’ – उनले भने ।

    त्रिपुरेश्वर–टेकु सडक कालोपत्रेका लागि तयार भएकाले भदौ दोस्रो सातापछि नै पूरा गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ । उपत्यकाका सडकमा खाल्डा भएका कारण एक छात्राको मृत्यु भएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्टा पुर्न सरोकार भएका कार्यालयका प्रमुखलाई निर्देशन दिएका थिए ।

    प्रधानमन्त्री देउवाको निर्देशनपछि खाल्डा पुर्ने कामले तीव्रता पाएको छ । साउन १५ सम्ममा उपत्यकाका सडकमा भएका ठूला खाल्डा पुरिसकिने भएको छ । आठ मिटर चौडाभन्दा ठूला खाल्डा सडक विभाग, विस्तार आयोजना, मध्यमाञ्चल सडक निर्देशनालय र डिभिजन सडक कार्यालयले पुरिरहेका छन् ।

    चौडाइमा आठ मिटरभन्दा साना सडक पुर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij