मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • चितवन। चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।

    अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिए ।

    उनका अनुसार गएको एक वर्षमा लक्ष्यअनुसारका सबै पुल निर्माण सम्पन्न भएको छ । योसँगै चितवन जिल्लामा अहिलेसम्म ५६ वटा पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

    आव २०७३/७४मा जिल्लाको साविक कविलास गाविसमा दुई, कोराकमा दुई, लोथरमा दुई तथा चण्डिभञ्याङको खानीखोलामा एक गरी सातवटा पुल निर्माण भएको कार्यालयका इन्जिनियर राजेश कोइरालाले जानकारी दिए ।

    उनले उपभोक्ता समितिमार्फत नै सबै पुल निर्माण गरिएको जानकारी दिनुभयो । सबै पुल निर्माणमा झण्डै रु तीन करोड ५० लाख खर्च भएको छ । ती पुल ६३ देखि ११७ मिटरसम्मका छन् ।

    यसअघि आव २०७२/७३मा लोथरको थेटार, काउलेको धराङखोला र लामाटार, चण्डिभञ्याङको तुन्टेस, दाहाखानीको घट्टेखोला र शक्तिखोरको शक्तिखोलामा पुल निर्माण गरिएको थियो ।

    घण्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुंगे पुलले सहज पारिदिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij