मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पहिचान खुल्न नसक्दा निकै समस्या

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • मधु पौडेल , बाँके । राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा निकै समस्या परेको बताएका छन । द्धन्द्ध पिडितका सवाल र  स्थानिय सरकारको भुमिकाको विषयमा अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन ।

    मानवअधिकार संरक्षण तथा कानुन सेवा केन्द्र हरप्लेसका  सहयोग तथा संक्रमणकालिन न्याय तथा शान्ति मञ्चको आयोजनमा राप्तीपारीको राप्ती सोनारी गाउँपालिका पर्ने वडा न ४ र ३ का वडा अध्यक्ष तथा द्धन्द्ध पिडित समुहको संयोजक तथा सदस्यहरु विचको उक्त अन्तक्रिया कार्यक्रम भएको थियो ।

    अन्तक्रिया कार्यक्रममा द्धन्द्ध पिडित समुहका संयोजक राम लखन थारुले आफुहरु संग द्धन्द्ध पिडित हु भन्ने कुनै पहिचान नहुदाँ जहा पनि आफ्नो परिचय खुलाउनका लागि विगतको द्धन्द्धलाई दिमागमा राखेर हिड्नु पर्दा निकै दुःख लाग्ने बताउनु भएको छ ।

    संयोजक थारुले स्थानिय सरकारले आफुहरुलाई परिचय खुल्ने कुनै कार्ड बनाई दिएमा अति सजिलो हुने बताउनु भएको छ । कार्यक्रममा सहभागि द्धन्द्ध पिडितहरुले अझै पनि द्धन्द्ध पिडितहरुलाई शिक्षा ,स्वाथ्य जस्ता आधारभुत कुराहरुमा सरकारले केही गर्न नसकेकोमा गुनासो पोखेका थिए ।राप्तीसोनारी गाउँपालिका वडा ४का  वडा अध्यक्ष कान्छा थारुले द्धन्द्ध पिडितहरुलाई व्यवस्था नहुदा पाउनु परेको समस्याका लागि तत्काल केही गरीने बताउनु भएको छ ।

    अध्यक्ष थारुले आफ्नो वडामा भएका द्धन्द्ध पिडितको तथ्याङक हेरेर त्यसको अनुसार कुनै परिचय पत्रको व्यवस्था गरीने बताउनु भएको छ । त्यसै गरी राप्ती सोनारी गाउँपालिका वडा न ३ का  अध्यक्ष गंगाराम थारुले आफुले परिचय पत्र तथा शिक्षाको विषयमा कुनै समाधानको बाटो निकाल्ने बताउनु भयो ।

    स्थानिय निकायको अधिकार तथा कानुनको बारेमा अझै प्रस्ट निति नआएको हुदाँ आफुहरुलाई काम गर्न अलि गाह्रो भएको बताउनु भयो । कार्यक्रमको सहजीकरण हरप्लेसका गिता देवकोटा गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij