मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

  • प्रकाशित मिति : शनिबार, साउन १४, २०७४



  • उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे तीन वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ ।

    गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार २०७१/०७२ सालबाट निर्माण कार्य शुरु गरेको उक्त बरुवा पुल साढे तीन वर्षपछि हालै आएर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको हो ।

    उक्त पुलको लम्बाइ २०५ मिटर रहेको छ भने चौडाइ साढे नौ मिटर रहेको कुरा गाईघाट दिक्तेल सडक कार्यालयका इन्जिनियर कमलप्रसाद यादवले बताए।

    सडक विभागको छ करोड १७ लाख ५२ हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको हो भने हाल पुल निर्माण कार्य सम्पन्न भएपछि अब पूर्णरुपमा यातायातसमेत संचालन गर्न थालिएको छ ।

    गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत हालै निर्माण कार्य सम्पन्न भएको उक्त पुल सो सडकखण्डको नै दोस्रो ठूलो पुल रहेको पनि गाईघाट दिक्तेल सडक कार्यालयले बताएको छ ।

    यसै सडकखण्डअन्तर्गत पहिलो ठूलो पुल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोशी नदीमा निर्माण कार्य शुरु गरेको पुल भएता पनि अहिलेसम्म सुनकोशी पुल भने निर्माण कार्य पूर्णरुपमा संचालन हुन सकेको छैन ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij