आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमतीको माग गर्दै पाँच दिनदेखि ससुरालीमा अनशन, ससुरालीमै मर्न तयार

  • प्रकाशित मिति : आइतवार, साउन १५, २०७४



  • कोहलपुर । पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन् ।

    अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन् ।

    उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।

    दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए ।

    उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा छन् । पत्नीलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूमाथि झुटो मुद्दा लगाएर फसाउन खोजेको उनको भनाइ छ ।

    ‘हामी दुई छुट्टिन चाँहदैनौं’, उनले भने, ‘सासुससुराले माइतीघरबाट सँगै दैलेख पठाउने बहानामा बीचबाटोबाट भगाए ।’

    सार्कीको ससुराली बैजनाथ–३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ । पत्नी रत्नाका लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए ।

    सासुससुराले पत्नीलाई आफूसामु नल्याउँदासम्म अनशन जारी रहने र मर्न परे पनि ससुराली घरमै मर्ने उनी बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij