मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बाँदरबाट मकै जोगाउन मुस्किल

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।

    किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो ।

    वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

    ‘मकैले घोगा हालेपछि बाँदर बारीभरि हुन्छ, त्यसबाट बचाउन बारीमा एकजना कुरुवा नै बस्नुपर्ने बाध्यता रहेको छ । हुलका हुल बाँदर बारीमा पसेपछि मकैबाली नोक्सान गर्छ, सबै गाउँले मिलेर धपाउने काम गर्छौं,’ स्थानीय अमृत परियारले बताए ।

    मकै भाँचेर फालेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बाँदरको समस्या नभए पनि बिहानदेखि अँध्यारो नहुँदासम्म अन्नबाली जोगाउन समस्या रहेको छ । बाँदरले केही मकै खाने र केही भाँचेर जथाभावी फालिदिने स्थानीय बासिन्दा शिव परियारले बताए ।

    किसानले बाँदरलाई तीन÷चार किमी टाढा धपाए पनि बाँदर फेरि गाउँमा आउने गुनासो किसानको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सबै वडामा बाँदरदेखि स्थानीय बासिन्दा त्रसित छन् । १०÷१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीय बासिन्दाको गुनासो छ ।

    खेतबारीमा लगाएको आलु, बन्दा, काउलीलगायतका तरकारी खाने र बाँकि नष्ट गरिदिन थालेपछि यहाँका स्थानीय बासिन्दाले तरकारीखेती गर्न छाडेका छन् । बारीको मात्र होइन, सुलिमको मकैसमेत नष्ट गर्न थालेपछि किसान घरभित्र मकै राख्न बाध्य भएका छन् ।

    बाँदर बढे पनि राज्यस्तरबाट किसानको समस्या समाधानका लागि कुनै पनि पहल नभएकामा किसानको दुखेसो छ । वन संरक्षणले हरियाली बढ्योे तर बाँदरको समस्या भने झनै बढेकाले किसान मर्कामा परेका छन् । बाँदरले अन्नबाली नष्ट गर्नुका साथै महिला तथा बालबालिकामाथि आक्रमणसमेत गर्दछ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij