मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

लेखा समितिमा मन्त्री र निगम निर्देशक खड्काको सवालजवाफ

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमीकमजोरी देखिएको भन्दै थप अनुसन्धान गरी दोषीमाथि कार्वाही गर्न आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।
    बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले जग्गा खरिदका लागि टेण्डर आह्वान प्रक्रिया बारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारे ।

    बैठकमा बोल्दै नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सरकारको निर्णय अनुसारनै जग्गा खरिद गरिएको दावी गरे । उनले जग्गा खरिद ऐन अनुसार प्रक्रिया अघि बढाउँदा ढिलाई हुने भएकाले टेण्डर आह्वान गर्नु परेको स्पष्टिकरण पनि दिए । प्रबन्ध निर्देशक खड्काले पेट्रोलियम पदार्थको अभाव हुन नदिन पनि जग्गा खरिद प्रक्रिया छिटो अघि बढाउन निगम बाध्य हुनु परेको पनि उल्लेख गरे ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन् । विचौलियामार्फत कमिसन लिएर जग्गा खरिद गरेको पाइएको पनि संसदीय समितिहरुको दावी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij