प्रकाशित मिति : बुधबार, साउन १८, २०७४
काठमाडौं । महिन्द्रा टु व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गत अग्नी मोटो इन्कले डिलर मिट आयोजना गरेको छ ।
यहि साउन १५ गतेदेखि दुइ दिन सम्म कार्यक्रम पोखराको सांग्रिला होटेलमा सम्पन्न भएको भएको थियो ।
उक्त डिलर मिटमा नेपालभरका महिन्द्रा बाइकका बिक्रेताहरुको उपस्थति रहेको थियो । तीन दिने लामो सम्मेलन सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा ब्रान्डको बिकासको लागि अहिलेसम्म भएका उपलब्धिहरु माथि मुल्यांकन र आगामी बर्षका लागि अपनाउनु पर्ने रणनीति अनि अवसर र सम्भाव्यताका बारेमा छलफल गरिएको थियो ।
उक्त सम्मेलनमा नेपाल अधिराज्यभरिका डिलरहरु र भारतको महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री म्यानेजरको सहभागिता रहेको थियो । यस अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका डिलरहरुलाई अवार्ड समेत दिइएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij