प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा ११ मा पर्ने मुर्धनिधि घाट खोलामा डुबेर एक युवक वेपत्ता भएका छन् । स्थानीय मिठ्ठु चौधरीका छोरा १७ वर्षका सागर थारु खोला तर्ने क्रममा बेपत्ता भएका हुन ।
-उनी बुधवार विहान भैंसी हेर्न घरबाट निस्केका थिए ।
-केही सयपछि भैंसी खोलामा पस्यो ।
-खोलामा पुगेको भैंसी निकाल्न जाने क्रममा उनी वेपत्ता भएको स्थानीयले बताए ।
बेपत्ता थारुको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij