मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

माथिल्लो कर्णाली जलविद्युत परियोजना खारेजीको माग

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • ndh'ªsf] e'ne'n]df lgdf{0fflwg dflyNnf] d:of{ªbL P hnljB't cfof]hgfsf] ;+/rgf . tl:a/ M cfof]hgfaf6 pknAw÷/f;;

    काठमाडौँ ।  ‘माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान’ ले सरकार र भारतीय निजी कम्पनी जिएमआरबीच भएको माथिल्लो कर्णाली जलविद्युत परियोजना मुलुकको हितमा नरहेको भन्दै त्यसको खारेजीको माग गरी ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

    ज्ञापनपत्रमा जलाधार क्षेत्रका सरोकारवालाले राष्ट्रिय पूँजी, प्रविधि र राष्ट्रहितार्थ निर्माण परियोजना विकास सम्झौता (पिडिए) समेत खारेज गर्न माग गरिएको छ । सो परियोजना निर्माण लागत एकदमै सस्तो पर्ने हुँदा स्वदेशी पूँजीबाट निर्माण गर्न सकिने उक्त परियोजनाका लागि लागतको दोब्बर बढी मूल्य कायम गरिएको सम्झौता खारेजीको विकल्प नरहेको ज्ञापनपत्रमा भनिएको छ ।

    ज्ञापनपत्र बुझेपछि मन्त्री शाहीले परियोजनाका लागि लगानीको समस्या रहेको बताउँदै त्यसको विकल्पका लागि विज्ञसँग सुझाव लिइने प्रतिबद्धता व्यक्त गरे । अभियानका अध्यक्ष भरतबहादुर शाहीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालादेखि हरेक प्रधानमन्त्री र ऊर्जामन्त्रीले माथिल्लो कर्णाली सम्झौता राष्ट्रहितका पक्षमा गरिने बताए पनि बारम्बार राष्ट्रघाती निर्णय भइरहेको आरोप लगाए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij