प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४
काठमाडौं । बैंक अफ काठमाण्डू लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त सरसफाई कार्यक्रमको नेतृत्व यस बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गर्ने जनाएको छ । उक्त सरसफाई कार्यक्रममा सहभागिताका लागि बैंकले स्थानीय प्रतिष्ठित व्यक्तिहरुलाई आव्हान गरेको छ । सरसफाईका लागि चाहिने औजार र अन्य सामग्रीहरुबैंकले नै व्यवस्था गर्ने भएको छ ।
सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह«ी बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गर्ने जनाइएको छ । उक्त अवसरमा स्थानीय जनतालाई सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न पनि बैंक अफ काठमाण्डू लि. ले अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij