आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक हप्ताभित्रै डा.केसीका माग सम्बोधन हुन्छन्: शिक्षा सचिव श्रेष्ठ

  • प्रकाशित मिति : आइतवार, साउन २२, २०७४



  • शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्नको लागि आग्रह गरेका छन्।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव श्रेष्ठले एक हप्ताभित्र संसदबाट स्वास्थ्य ऐन सम्बन्धी विद्येयक पास हुने बताउदै डा. केसीलाई तत्काल अनशन तोड्न आग्रह गरेका हुन्।

    साक्षात्कारमा बोल्दै उनले भने, ‘डा.केसीका अधिकांश माग सम्बोधन भईसकेका छन्, केही जटिल मागहरु संसदसम्म पुगेका छन, ती मागका बारेमा संसदको आफ्नै प्रकारको अधिकार छ, त्यसले रिजल्ट निकाल्छ, यस्तो समयमा उहाँले अनसनमा बस्नुपर्ने कारण थिएन, जे होस एक हप्ताभित्र उहाँका माग सम्बोधन हुने भएकाले आजैदेखी अनसन तोड्नको लागि म विशेष आग्रह गर्दछु।’

    सरकारी वार्ता टोलीका संयोजक समेत रहेका सचिव श्रेष्ठले जनताको जीवन र मुलुकको भविष्यसँग जोडिएका विषयहरु भएको भन्दै सांसदहरुले उक्त विद्येयकमाथि गम्भिर छलफल गरि पास गराउने बताए।

    श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै डा. केसीका माग सम्बोधन गरेर देखाउने विश्वास दिएको भन्दै ११ औँ अनसनको १३ औँ दिनसम्मको यात्रालाई सहजतातर्फ लिनको लागि आग्रह समेत गरे। उनले थपे,‘डाक्टर केसीका माग विस्तारै–विस्तारै सम्बोधन हुने र स्वास्थ्य क्षेत्रमा बर्षौँदेखि जरा गाढेर बसेको विकृति, अस्तव्यस्त स्थिति, मनोमानी, लगायतका गलत क्रियाकलापहरु आँफै पाखा लाग्नेछन्।’

    उनले फरक प्रसँगमा अस्थायी शिक्षकहरुको आन्दोलन तुक बिनाको भएको आरोप लगाए। उनले भने,‘सरकारले अस्थायी शिक्षकका माग सम्बोधन गर्नको लागि कुनै कसर बाँकी राखेको छैन्, आजैदेखि उहाँहरुलाई अनसन तोड्नेको लागि आग्रह गर्दछु, शिक्षा विद्येयकले उहाँहरुलाई अन्यायमा पारेको छैन्, उहाँहरुलाई एकपटक परिक्षामा सामेल हुनको लागि आग्रह गरिएको छ, त्यो परीक्षामा पास हुने स्वतः स्थायी हुन्छन र जो असफल हुन्छन त्यस्ता शिक्षकहरुलाई गोल्डेन ह्याण्ड सेकसहित सम्मानजनक तरिकाले विदाई गर्ने भनेको छ।’

    त्यस्तै कार्यक्रममा नेपाल मेडिकल एशोसियनका अध्यक्ष मुक्ति श्रेष्ठले डा. गोविन्द केसीको अनसन भोलि नै तोड्नको लागि आफूहरुको लागिपरेको बताएका छन्।

    उनले भने,‘हामी डा.केसीका मागहरुप्रति गम्भिर छौँ, उहाँले राख्नुभएको माँग भनेको हाम्रा माग पनि हुन, उहाँले उठाएका माग जनताका पनि हुन, मुलुकको भलाईका लागि उहाँले यो कदम चाल्नुभएको हो, त्यसैले सरकार यसमा गम्भिर हुनैपर्छ।’ उनले अघि थपे,‘संसदबाट स्वास्थ्य विद्येयक पास गराउनको लागि प्रधानमन्त्रीले वचन दिनुभएको स्थितिमा डा. केसीले अनसन तोड्नुपर्छ, यो आन्दोलन यतिमै सिमित हुँनुहुँदैन, स्वास्थ्य क्षेत्रमा यस्ता धेरै खालका विकृति छन्, ती विकृति हटाउनको लागि पनि उहाँले आफ्नो स्वास्थ्यको ख्याल गर्नैपर्छ।’

    कार्यक्रममा विगत १३ दिनदेखि अनशनरत डां गोविन्द केसीको तर्फबाट बार्तामा रहेका डा. जीवन क्षेत्रीले डा.केसीको आमरण अनसन स्वास्थ्य विद्येयक पारित गराउने मात्रै नभएको जिकिर गरे।

    उनले भने,‘हामी जुन आन्दोलन गरिरहेका छौँ, त्यो आमरण अनसन स्वास्थ्य विद्येयक पारित गराउनु मात्रै होईन, यस वर्षमा भएको चर्को र मनोमानी रुपमा अशुल गरिएको भर्ना शुल्कका बारेमा छानविन हुनुपर्छ।’

    त्इस्तै उनले आगामी वर्षमा यस्ता मेडिकल कलेजहरुको मान्यता रद्द गराउनुपर्ने माँग गर्दै भने,‘राजधानीमा मेडिकल कलेज खोल्ने कार्य बन्द गरिनुपर्छ, अस्पतालहरुको व्यवस्थापन, कर्मचारी भर्तिमा भएको मनोमानिको अन्त्य लगायतका मागहरु छन्।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij