आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सडक संरचनाको स्पष्ट खाका तयार पार्न समितिले दियो निर्देशन

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • व्यवस्थापिका संसद् विकास समितिले काठमाडौं उपत्यका भित्रको सडक संरचनालाई व्यवस्थित बनाउन तत्काल स्पष्ट खाका तयार पार्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकाभित्रको सडक संरचनालाई व्यवस्थित बनाउन तत्काल स्पष्ट खाका तयार पार्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पुनः निर्देशन दिएको हो । उपत्यकाको सडक संरचनालाई व्यवस्थित बनाउन पटक–पटक दिइएको निर्देशन कार्यान्वयनमा नआएपछि त्यसको कारण समेत खुल्ने गरी स्पष्ट खाका तयार पार्न सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

    समितिले गृह मन्त्रालय, काठमाडौं महानगरपालिकाका प्रतिनिधि समेत रहने गरी खाका तयार पार्ने कामको संयोजन गर्ने जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई दिएको छ ।

    विकास समितिले सार्वजनिक यातायातलाई सहज, सुलभ र भरपर्दो बनाउने गरी अल्पकालीन र दीर्घकालीन योजना बनाउन विगतमा दिइएको निर्देशन पालना गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातायात व्यवस्था विभागमा हुने सरुवा र बढुवाका कारण यातायात क्षेत्रको व्यवस्थापनमा कठिनाई हुने गरेको प्रष्टिकरण दिए । उनले सामान्य प्रशासन मन्त्रालयले आफ्नो मन्त्रालयलाई जानकारी समेत नदिई कर्मचारी सरुवाको काम गर्दा यातायात क्षेत्रको व्यवस्थापनको काम अलपत्र पर्ने गरेको पनि गुनासो गरे ।

    समितिले काठमाडौं उपत्यकाको सडक संरचनालाई व्यवस्थित बनाउन सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij