मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

गाउँको मेला झल्काउने यूकेको गुल्मेली भेला

  • प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७४



  • बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम गरेको छ।

    १ हजार ३ सय भन्दा बढी मान्छे सहभागी उक्त मेलामा नेपालबाट आएका आधा दर्जन कलाकारको  प्रस्तुती, खुला चौरमा गुल्मेली नौमती बाजा, मौलिक सालैजो झ्याउरे, परम्परागत तीज गीतको नाचहरुले भेलालाई सांस्कृतिक मेलाको रुपमा परिणत गरिदिएको थियो।

    अल्डरसट कनट स्कुल प्रांगणमा आयोजना गरिएको कार्यक्रममा बेलायतका बिभिन्न शहरहरुबाट बस बुक गरेर कार्यक्रमस्थलमा बिहानैदेखि सहभागीहरुको ओईरो लागेको थियो।

    च्यारिटी कार्यक्रमका अलावा संस्थाले प्रत्येक बर्ष विशुद्द मनोरन्जनात्मक शैलीमा आयोजना गर्ने यसपालीको भेलामा नेपालबाट आएका कलाकारहरु सन्तु थापा, रुपा घर्ती, राजु ढकाल, याम क्षेत्री, बलराम पुन, जानकी मगर, जमुना राना लगायतले सहभागीहरुलाई दिनभर नचाए।

    भित्र हलमा कलाकारको प्रस्तुती चल्दै गर्दा बाहिर प्रांगणमा नौमती बाजा, गुल्मेली ठाडो भाका, तीज गीत लगायातका ग्रुप ग्रुपमा नाचगान चलिरहेको थियो। खेलकुदमा  आकर्षण बनेको भलिवल प्रतियोगिता पनि धेरैको ध्यान खिचेको पाईयो।

    कार्यक्रमको शुरुवातमै संस्था स्थापनाको दशौ बार्षिकोत्सव संस्थापक एबं अतिथी लगायतले केक काटेर मनाएका थिए।  यस अवसरमा  संस्थाका संस्थापक अध्यक्ष ओम प्रसाद थापा, निर्वतमान अध्यक्ष अर्जुन गौतम, एन आर एन यूरोप संयोजक कुल आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए।

    संस्थाका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रममा पूर्व  कानुन मंत्री हरिकुमार न्यूपाने प्रमुख अतिथी र नेपाली दुतावास लन्डन बाट भुपेन्द्र घिमिरे बिशेष अतिथीको रुपमा बोल्दै प्रवाशमा सांस्कृतिक जगेर्ना गर्ने खालको कार्यक्रमले आफुहरु प्रभावित बनेको बताए।

    कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष टोप पल्लिले सहभागीहरु लाई स्वागत गरेका थिए। खुला आकाश मुनीको बृहत बार्बेक्यू सहितको यो भेलाको सह संयोजन सचिव बिर बलालले गरेका हुन।

    कार्यक्रममा नयाँ पुस्ताको स्थानीय बाल बालिकाहरुले बिभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए। दुई चरणको छुट्टाछुट्टै कार्यक्रमको संचालन महासचिव शिव भण्डारी र प्रवक्ता मंजु खरेलले गरेका थिए।

    कार्यक्रममा नेपालबाट आफ्नो परिवार भेट्न बेलायत आएका दर्जनौ बृद्द बृदा हरु बेलायतमा नेपाल झल्केको देखेर दंग भेटिएका थिए। बेलायतका गुल्मेली हरुले  आयोजना गरेको यो कार्यक्रममा थुप्रै गैर गुल्मेली नेपालीहरुको समेत सहभागिता थियो। प्रत्येक वर्ष हजार भन्दा बढी मान्छे भेला पारेर मनाउने यो मेलाले यतातिर एउटा पर्वको रुपमै चर्चा पाउने गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij