आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नदीमा पानीको सतह बढेपछि सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन

  • प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७४



  • कैलाली । लगातारको बर्षाका कारण कैलाली र कञ्चनपुरका नदीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।

    बाढी, पहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न कैलालीमा तीनवटै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ । जिल्लामा केही दिन यता लगातार वर्षा भइरहेको भन्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखेको जनाएको हो ।

    यसका साथै स्थानीय स्तरमा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका समूहलाई पनि सतर्क रहन आग्रह गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

    बाढी र डुबानको उच्च जोखिममा रहेका क्षेत्रका बस्तीका बासिन्दालाई समेत सतर्क अवस्थामा रहन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले कैलालीका कर्णाली, मोहना, कान्द्रा, कटेनी, घुराह, खुटिया, पथरी, शिवगंगा, गोदावरी र मनहरा नदीमा पानीको सतह खतरा नजिक पुगेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij