आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हमालको संयोजकत्वमा आठौं सचिवालय

  • प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७४



  • मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ ।

    आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्यहरु गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो ।सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली रहेका छन् ।

    सचिवालयको सचिवको जिम्मेवारी राखेपका प्रशासकीय अधिकृत ईन्द्रबहादुर कार्कीलाई दिइएको छ ।गत जेठ २० गते बसेको राखेपको १०८ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको थियो ।

    त्यसअघि गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो । त्यत्ति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा १०८ औं बोर्ड बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।

    नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij