प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७४
मधु पौडेल , बाँके । थारु समुदायको गुरीया पछिको दोस्रो सुरुवाती पर्व श्री कृण्णा जन्माअष्टमी र अटवारी पर्वको अवसरमा दर ( भिन्सरिया ) खाने तथा स्थानिय निकायको निर्वाचिनमा बाकेबाट निर्वाचित भएका जन प्रतिनिधिहरुलाई बधाई कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ ।
संस्कृतिको जगेर्ना गर्न एक समुदायले अर्को समुदायलाई सहयोग गर्नुपर्ने कुरालाई मध्येनजर राख्दै उक्त कार्यक्रमको आयोजना गरीएको थियो । थारु पत्रकार संघ बांकेको आयोजनामा थारु समुदायको महान पर्ब कृष्ण जन्माष्टमी र अट्वारी पर्बको अवसरमा सो कार्यक्रमको आयोजन गरीएको थियो ।

संघका अध्यक्ष बिमला चौधरीको अध्यक्षता तथा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी थारुको प्रमुख आथित्यमा भएको कार्यक्रममाराप्ति सोनारी गाउँपालीकाका गाउपालिका प्रमुख लाहुराम थारु विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपाकिाका उपमेयर सन्जु थारु, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक पार्टिका केन्द्रिय सदस्य पुर्ण बहादुर चौधरी, राप्तिसोनारी गाउंपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर चौधरी,वडा नम्बर ७ का वडा अध्यक्ष राम लखन थारु,कोहलपुर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष पतिराम थारु लगाएतका जनप्रतिनिधहरुलाई अगौझा गोढाई स्वागत तथा बधाई दिईको थियो ।
कार्यक्रममा राप्ती सोनारीका गाउँपालिका प्रमुख , राप्ती सोनारीका वडा ६ र ७ तथा कोहलपुर महानगरपालिका वडा नम्वर १५का अध्यक्ष एवं नेपाल पत्रकार महासंघ बांके शाखा अध्यक्ष ठाकुर सिंह थारु लगायतले शुभकामना दिदै दिदै संस्कृति संरक्षणमा सबैको महत्वुर्ण भुमिका हुनेमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव भगतराम थारुले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij