आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाढीले दुईदिनदेखि दाङको यातायात ठप्प

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७४



  • विगत दुई दिनदेखि दाङमा यातायातका साधनहरु ठप्प छन्। स्थानीय नदी र खोलाहरुमा आएको बाढीका कारण दाङबाट कुनै पनि सवारी साधान सञ्चालनमा आउन नकसकेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

    उनले बाढीका कारण दाङ दुई दिनदेखि आन्तरिक नाकावन्दीमा परेको बताए। तुलसीपुर ६ मोतिपुरमा शुक्रबार रातिको बाढीले सडक खण्ड बगाएपछि तुलसीपुर – घोराही सडक खण्ड अवरुद्ध बन्दै आएको छ। त्यो मर्मतको प्रयास जारी रहे पनि निरन्तरको वर्षाका कारण सम्भव नभएको प्रजिअ श्रेष्ठले बताए ।

    त्यस्तै तुलसीपुर – सल्यान सडक खण्डको विभिन्न स्थानमा झरेको पहिरो उक्त सडक खण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत बबईमा आएको बाढीले तुलसीपुर–अमेलिया सडक खण्ड अबरुद्ध भएको छ भने स्थानीय खहरे खोलामा आएको बाढीले शुक्रबारदेखि घोराही लमही सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ।

    बबई लगायत स्थानीय खहरे खोलाहरुमा पानीको बहाब उच्च रहेको हुँदा दुई दिनदेखि जिल्लाका यातायात पूर्ण रुपमा ठप्प बन्न पुगेको प्रजिअ श्रेष्ठले बताए । निर्माण व्यवसायिको लापरवाहीले गर्दा समयमै पूल निर्माण नहुँदा दाङको सार्वजनिक यातायात जोखिम युक्त बनेको श्रेष्ठले जानकारी दिए। ‘म पनि घोराहीमै थुनिएको छु,’ उनले थपे ‘राहात , उद्धार र पुनःस्थापनाका लागि सम्वन्धित स्थानमा जान नसक्दा पीडित मर्कामा परेका छन् ।’ तर उनले आफूले स्थानीय जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस  र नागरिक समाजलाई परिचालन गरेरै भए पनि उद्धार, राहात वितरण र पुनःस्थापनाको प्रयास जारी राखेको जानकारी दिए।

    प्रजिअ श्रेष्ठले दाङमा हालसम्म दुई जनाको मृत्यु भएको , ४९ घर पूर्ण रुपमा ध्वस्त भएको , २५६ वढी घर डुवानमा परेको , एक हजार भन्दा बढी मानिस विस्थापित भएको , पाचसय जतिलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । यो खबर तयार पार्दा सम्मपनि दाङमा अविरल वर्षा जारी रहेको हुँदा उनले राप्ती, बबई लगायत स्थानीय खोला आसपासमा बस्नेहरुलाई सचेत रहन आग्रह पनि गरेका छन्।

    पूर्व पश्चिम महेन्द्र राजमार्ग बाहेक अन्य कुनै पनि सडकहरुमा यातायात  सञ्चालनमा आउन नसक्दा जनजिवन प्रभावित भएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij