प्रकाशित मिति : सोमवार, साउन ३०, २०७४
काठमाडौंको जोरपाटीमा ट्याक्सी धनी लक्षित गर्दै विश्व स्तरिय सुजुकी सेवा केन्द्रको उद्घाटन गरिएको छ । सुजुकी ट्याक्सीका धनीहरुलाई पूर्ण सर्भिस सुविधा उपलब्ध गराइ सेवाका लागि कुर्नुपर्दा तिनलाई पर्न जाने घाटा न्यूनिकरण गरी नाफा बृद्धि गराउने सोचका साथ सञ्चालमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।
नेपालकै पहिलो सेवा केन्द्रको रुपमा संचालनमा ल्याइएको यसमा आधुनिक प्रविधिबाट समस्या पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविधाहरु उपलब्ध भएको बताइएको छ।
ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुट उपलब्ध गराएको छ। सेवा केन्द्रको उद्घाटन एमएसआइएलका महा प्रबन्धक (सर्भिस) ए राघवन, एमएसआइएलकै कन्ट्रि म्यानेजर (सर्भिस) गुरकिरात सिं, सीजी होल्डिंस्का प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको उपस्थितीमा गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij