मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

मनसुन निष्क्रिय, तत्काल खतरा टर्‍यो

  • प्रकाशित मिति : मङ्लबार, साउन ३१, २०७४



  • बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ। देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुदूरपश्चिमी भूभागमा सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान कार्यालयका मौसमविद् वरुण पौडेलले मनसुन प्रणाली क्रमिक रूपमा निष्क्रिय हुन थालेकाले भारी वर्षाको सम्भावना नरहेको तर सामान्य बदली भने हुने बताए। यो खबर छेटु शेर्पाले आजको अन्नपूर्णमा लेखेका छन्।

    नेपाल प्रवेश गरेको मनसुनी न्यूनचापीय प्रणाली कमजोर भएसँगै वर्षा रोकिने संकेत देखिएको हो। मनसुनको नयाँ प्रणाली विकास हुन दुई साताभन्दा बढी लाग्ने भएकाले तत्काल भारी वर्षा नहुने तर मनसुनी अवधि अझै डेढ महिना बाँकी हुँदा सामान्य वर्षा हुने उनले बताए। ‘अब खतरा टरेको छ। बाढी, पहिरो, डुबान तत्काल हुने सम्भावना घटेको छ’, उनले भने।

    शुक्रबार र शनिबार देशको पूर्वी भूभागमा सक्रिय मनसुन आइतबारदेखि मध्य र पश्चिमी भूभागमा सरेको थियो। सोमबारदेखि नै मध्य र पश्चिमी भूभागमा मौसम सफा हुन थालेकाले सुदूरपश्चिममा पनि विस्तारै सुधार हुने क्रममा छ। जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान शाखाका अनुसार वर्षा रोकिएसँगै अधिकांश नदीमा पानीको सतह घटेको छ। खतराको सतह पार गरेको पश्चिम राप्ती, बबई, नारायणीलगायत नदीको सतह घटेको छ।

    बंगालको खाडीबाट न्यूनचापीय मनसुनी वायु ४ महिनासम्म चल्दा नेपालमा मनसुन प्रणाली सक्रिय हुने र वर्षा हुने मौसमविद् बताउँछन्। सामान्यतया जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला सक्रिय भएको थियो। असोज ७ देखि मनसुन नेपालबाट बाहिरिन्छ। मनसुनको मुख्य समय मानिने असार, साउन र भदौमा सामान्यदेखि भारी वर्षा हुने गरेको मौसमविद् पौडेलले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij